कृषि, पर्यटन र पूर्वाधार: समृद्ध सिद्धिचरणको बलियो आधार

सक्षम प्रशासन, पारदर्शी र सुशासनयुक्त नगर

header AD

हाम्रो मिशन

हाम्रो दृष्टि र दीर्घकालीन लक्ष्य

दीर्घकालीन सोच (Vision): "कृषि, पर्यटन, पूर्वाधार र दिगो विकास: समृद्ध, समावेशी तथा प्रविधिमैत्री सिद्धिचरण नगर।" प्रमुख लक्ष्य तथा उद्देश्यहरू (Mission & Objectives): सर्वसुलभ र गुणस्तरीय सार्वजनिक सेवा: प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी स्थानीय प्रशासनको माध्यमबाट नागरिकलाई छिटो-छरितो सेवा प्रवाह गर्ने। कृषि र स्थानीय अर्थतन्त्रको सबलीकरण: आधुनिक कृषि प्रणाली, व्यावसायिक पशुपालन र स्थानीय उपजको बजारीकरण मार्फत रोजगारी सिर्जना गर्ने। दिगो पूर्वाधार विकास: नगरका प्रत्येक वार्ड र क्षेत्रलाई व्यवस्थित सडक संजाल, खानेपानी, सरसफाइ र आधुनिक पूर्वाधारसँग जोड्ने। सामाजिक न्याय र समावेशी समृद्धि: शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामार्फत महिला, बालबालिका, युवा तथा पछाडि पारिएका समुदायको उत्थान गर्ने। ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन: ओखलढुङ्गा र सिद्धिचरणको ऐतिहासिक विरासत, भाषा, कला र प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै दिगो पर्यटनको विकास गर्ने।